निरा पाण्डे हत्या प्रकरण : हत्यामा संलग्न आरोपी पक्राउ

डिसी नेपाल
१७ वैशाख २०८० ६:२२

काठमाडौं। कपनस्थित निरा पाण्डेको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उच्च स्रोतले दिएको जानकारी अनुसार झापाबाट विनोद विक नाम गरेको आरोपीलाई पक्राउ गरी काठमाडौं ल्याउने तयारी भइरहेको छ।

लामो समयदेखि कपनको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी पाण्डेको वैशाख ७ मा पसलमै हत्या भएको अवस्थामा फेला शव फेला परेको थियो।

‘झापाबाट केही संदिग्ध व्यक्ति पक्राउ गरिएको हो, काठमाडौं ल्याएर अनुसन्धान गर्नेछौं, अनुसन्धान पूरा नभई उनै हुन भनेर निश्चित गर्ने अवस्था छैन’, स्रोतले भन्यो। अनुसन्धानमा संलग्न अधिकृतहरुकाअनुसार विनोद झापाकै स्थायी बासिन्दा हुन्।

सो घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो। उनको हत्यापछि अपराधी पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीको आलोचना हुनुका साथै संघीय संसदमा पनि आवाज उठेको थियो।

उनको हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गर्दै आएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *