निरा पाण्डेको हत्या आरोपीलाई झापाबाट काठमाडौं ल्याइयो, आजै सार्वजनिक गरिने

डिसी नेपाल
१७ वैशाख २०८० १३:१४
10.0k
Shares

काठमाडौं। निरा पाण्डेको हत्या आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई झापाबाट काठमाडौं ल्याइएको छ ।

काठमाडौंको कपनस्थित सरस्वतीनगरमा ७ वैशाखमा भएको पाण्डेको हत्या आरोपमा शनिबा झापामा पक्राउ परेका   विश्वकर्मालाई आइतबार काठमाडौं ल्याइएको हो । उनलाई आजै आइतबार नै सार्वजनिक गर्ने तयारी प्रहरीको छ ।

लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको प्रहरीले पाण्डेले लगाएको सुनको सिक्री पनि बरामद गरेको जनाएको छ । उक्त सिक्री बानेश्वरको एक पसलबाट भेटिएको र प्रारम्भिक बयानमा आरोपी विश्वकर्माले पनि हत्या स्वीकारेको प्रहरीको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *