महावीर पुनको आन्दोलनमा राप्रपाको ऐक्यबद्धता, लिङ्देनसहितका नेता माइतीघरमा (फोटो फिचर)
काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले गत शुक्रबारदेखि विभिन्न माग राखेर आन्दोलन जारी राखेका छन्।
कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरुलाई हतोत्साह गर्न नहुने,जस्ता माग राखेर पुनले शुक्रबार माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।

उनको आन्दोलनलाई विभिन्न पेसा व्यवसायमा संलग्नदेखि राजनीतिज्ञहरुले पनि साथ दिइरहेका छन्।

आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेता माइतघर मण्डलामा पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। शनिबार पनि राप्रपाकै डा. प्रकाशचन्द्र लोहनी, रवि मिश्र माइतीघर पुगेर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका थिए।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment