अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको भन्दै विरोध

डिसी नेपाल
१७ वैशाख २०८० २१:०७

धनकुटा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ। पार्टीको कोशी प्रदेश र मातहतका कमिटीले आज पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन्।

धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा पार्टीको १४ जिल्ला कमिटी र प्रदेश कमिटीले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् । जिल्ला तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अध्यक्षमाथि भएका हिंसात्मक क्रियाकलापप्रति आपत्ती जनाए ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले सरकार निकट व्यक्तिलाई बेवास्ता गर्ने र अध्यक्ष ओलीलाई मात्र आक्रमण गर्न खोजिएकाले यसको विरोध गरिएको टिप्पणी गरे । एमाले पहिचानकै पक्षमा रहेकाले कोशी प्रदेशभित्रै पहिचानलाई समेटेर लगिने उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *