दुई सातादेखि बेपत्ता आमाछोरा अझै फेला परेनन्

डिसी नेपाल
१८ वैशाख २०८० १०:०५
312
Shares

तनहुँ। दुई सातादेखि बेपत्ता भएका आमाछोरा अझै फेला परेका छैनन्।

दुई सातादेखि बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्ग का २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन ।

राममायाको श्रीमान् लोकबहादुर विकले गत वैशाख ३ गते बिहान देखि  बेपत्ता भएको श्रीमती र छोरा खोजी गर्दा पनि फेला नपरेको बताए। श्रीमती र छोरा बेपत्ता भएको दुई साता नाघिसक्दा पनि फेला नपरे पछि  खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएको उनले बताए।

भारतको रोजगारीमा गर्दै आएका श्रीमान लोकबहादुर श्रीमती र छोरा बेपत्ता भएको खबर भएपछि नेपाल आएका थिए। आफन्तलगायत सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजी गरिदिन उनले अपिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *