बीस वर्षीया युवती आफ्नै घरमा मृत फेला

डिसी नेपाल
१८ वैशाख २०८० २२:२२
3.0k
Shares

बाँके । बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु गए राति करिव १२ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृतकका श्रीमान्, ससुरा  र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *