मिटरब्याज पीडित २९ दिनदेखि धर्नामा, सरकारको बेवास्ता

डिसी नेपाल
१९ वैशाख २०८० ७:१५
60
Shares

काठमाडौं। मिटर ब्याँज पीडित २९ दिनदेखि धर्नामा बसेका छन्। काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन।

पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन्। सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन्।

२८ दिनदेखि धर्नामा बसेका मिटर ब्याज पीडितलाई भेटनका लागि हिजो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेका थिए। उनले मिटर ब्याज पीडितहरुको माग राजनीतिक रुपमा सम्बोधन गर्न सुझाव दिएका छन्।

‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईकाे सुझाव छ।

मिटर ब्याज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसमक्ष गरेका थिए। उनीहरु गत चैत २९ गते काठमाडौंमा आई धर्ना सुरु गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *