७२ घण्टाका लागि जमुनाह नाका बन्द हुने
बाँके। नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ।
भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातीदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो। आगमी २१ बैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज राती १२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ। सोमबार निर्वाचनकाे सुरक्षा प्रयोजनका लागि ७२ घण्टाका लागि सिमा नाका बन्द गर्ने बिषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो।
खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। उनका अनुसार साे समयमा दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त रूपमा गस्तीसमेत गर्नेछन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment