बुद्ध जन्मस्थलको भ्रम निस्तेज पार्ने अभियान

डिसी नेपाल
१९ वैशाख २०८० ११:००

मेलबर्न। नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ले ज्याक रोपर रिजर्भ पार्कमा वनभोज कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा करिब डेढ सय जनाको उपस्थिति रहेको थियो।

उक्त संस्थाले नेपालको गर्व र पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा आधार विस्व शान्तिका प्रतिक बुद्धको जन्मस्थल विषयमा सिर्जित विश्वब्यापी दिग्भ्रमलाई निस्तेज गर्ने काम गर्दै आएका छन्।

धेरैको ब्यक्तिगत र संस्थागत जिज्ञासालाई सम्बोधन गर्दै लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले नेपालको गर्व र पहिचानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मात्रै नभएर विश्व शान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो विषयमा सरकारले प्राथमिकता दिनुपर्ने तर नदिइएकोले जनस्तरबाट क्रियासिल अभियानले २००९ देखि हालसम्म प्राप्त गरेको राष्ट्रिय अन्तराष्ट्रिय महत्वका उपलब्धीबारे संक्षिप्तमा प्रकाश पार्दै यो उदेश्य प्राप्ती कार्यमा प्रत्येकले आ-आफ्नो क्षमताले केही न केही गर्न सक्ने भएकोले ‘मिलन पार्क आमा बुवा मेलबर्न’ ले संस्थाको दिगोपना र अभियानको उदेश्य प्राप्ती कार्यलाई प्रभावकारी ढंगले कसरी समानान्तर रुपमा अगाडि बढाउन सक्छ भन्ने कुरामा प्रकाश पारे।

नेपाली कांग्रेस महासमिति सदस्य निर्मल कर्माचार्यले यो किसिमको भेटघाटले नेपालमा नै बसेको अनुभूति दिलाएको भन्दै आयोजक र आयोजनालाई सफल तुल्याउन सक्रिय सहयोगी मन र हातहरुप्रति आभार व्यक्त गरे। कर्माचार्यले वुद्धको जन्मस्थल विषयमा विदेशमा बस्नेहरुद्धारा यत्ति धेरै महत्वपूर्ण कामहरु भएको थाहा पाएर अत्यन्तै खुशी लागेको बताए।

नन्द प्रसाद पन्तद्धारा सञ्चालित उक्त कार्यक्रममा दिदीबहिनी समाजका निबर्तमान अध्यक्ष डा. जमुना पराजुली, सोही संस्थाका निबर्तमान उपाध्यक्ष प्रभा श्रेष्ठ, अंविका भन्डारी, वलराम ढुंगाना, सुभाश केसी, बिपुल ज्ञवालीले पनि मन्तब्य राखेका थिए र नित्य नाथ तिवारीद्धारा मन्तब्य राख्ने कार्यक्रमको समापन गरिएको थियो।

कार्यक्रममा सहभागी श्रीकृष्ण खड्काद्धारा लुम्बिनी-कपिलवस्तु विस्व अभियानद्धारा प्रत्येक नेपालीले गर्व गर्नुपर्ने विषयलाई यसरी महत्वका साथ उठान गरेर धेरै उपलब्धी हासिल गरेकोमा खुशी लागेको भन्दै अभियानको उदेश्य प्राप्ती कार्यमा सहभागिता जनाउँदै उपस्थित सबैलाई “Buddha born in Nepal” भन्दै प्रसाद बाडेका थिए।

कार्यक्रमको व्यवस्थापन समितिमा नन्द प्रसाद पन्त, सुवास केसी, रेखा केसी, साहारा केसी, विपुल ज्ञवाली, सीता पौडेल, प्रकाश वावु र भरत राज न्यौपाने थिए भने दिनभरीका लागि करीब डेढ सयका लागि खानपानका लागि HHYF संस्थामा सहभागी भए वापत पर्शु राम लुइंटेलबाट ७०० डलर, र दिदिवहिनी समाजकी निवर्तमान अध्यक्ष जमुना पराजुली, राजु पन्तबाट नगद र जिन्सी प्राप्त भएको थियो भने नपुग खर्च सुभाश केसी र बिपुल ज्ञवालीले ब्यहोर्ने प्रतिबद्धता जाहेर गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *