रवि लामिछानेका सवारी चालक थापाको निधन

डिसी नेपाल
१९ वैशाख २०८० १५:३८
944
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ।

४ वैशाखमा सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय चालक थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

भरतपुरमा प्रारम्भिक उपचारपछि ५ वैशाखमा थापालाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो। उनको टाउकोमा गहिरो चोट लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *