काठमाडौँ महानगरपालिकाले माग्यो ५६ जना नगर प्रहरी

डिसी नेपाल
२० वैशाख २०८० ८:५६

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको छ। गत बैशाख १० गते माग गरिए अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।

जसअनुसार खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो।

महानगरपालिकाका अनुसार १५ दिन भित्र निवेदन दिनुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *