अमेरिकामा ट्रकको ठक्करबाट नेपाली महिलाको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०८० १०:२१

काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।

रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।

रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाइ बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।

दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरुको सन्तानको रुपमा दुई छोराहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *