युएइमा नेपाली युवाले १ करोड ८० लाख रुपैयाँ जिते

डिसी नेपाल
२६ वैशाख २०८० ११:५६

काठमाडौं । युएइमा एक नेपाली युवाले ५ लाख दिराम (१ करोड ८० लाख रुपैयाँ) जितेका छन् । उनले राफल ड्र क्याम्पेनमा यति ठूलो रकम जितेका हुन् । इड उल फित्रको अवसरमा यो राफल ड्र क्याम्पेनको विजेता घोषणा गरिएको हो ।

यो ड्र ‘शप एण्ड विन’ प्लेटफर्म आइडियल्ज र विश्वव्यापी मनी ट्रान्सफर अपरेटर इन्स्ट्यान्ट क्यासले संयुक्त रुपमा आयोजना गरेका हुन् । अबु धाबीमा बसेर क्लर्कको रुपमा काम गरिरहेका नेपाली युवा शम्भु कुमार महतोले यो पुरस्कार जितेका हुन् ।

दुबइ आउटलेट मलमा आयोजना गरिएको र त्यहाँको समा दुबइ टिभीले प्रत्यक्ष प्रसारण गरेको दुबइ फेस्टिभल एण्ड रिटेल इस्टाब्लिसमेन्ट्समा उनको नाम भाग्यशाली विजेताको रुपमा छानिएको हो । महतोले विगत १५ वर्षदेखि यस्तो पुरस्कार जित्ने प्रयास गरिरहेका थिए तर सफल हुन सकेका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *