मस्कले छाडे ट्विटरको सीईओको जिम्मेवारी

डिसी नेपाल
२९ वैशाख २०८० ८:३५
156
Shares

काठमाडौं। सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन्। एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन्।

मस्कले बिहीबार एक ट्विटमा भनेका छन्, ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन्।’ उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन्।

उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छै्नन्। यद्यपि ट्विटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन्। सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो टविटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाइएको छ।

गत डिसेम्बरमा उनले ट्विटरको सिइयो छाडने घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *