भिलेज हाइल्याण्ड रिसोर्ट ‘साउथ एशियन ट्राभल अवार्ड’का लागि छनोट
काठमाडौँ। साउथ एशियन ट्राभल अवार्ड (साटा) २०२३ को लागि भिलेज हाइल्याण्ड रिसोर्ट छनोटमा परेको छ। साउथ एशियन ट्राभल अवार्ड (साटा) २०२३ को लागि अनलाइन भोटिङ खुला गरेसंगै भिलेज हाइल्याण्ड रिसोर्ट पनि भोटिङका लागि छनोटमा परेको हो ।
साटा दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित ट्राभल अवार्ड शो हो जसमा रिसोर्ट, होटल, सफारी याटहरु र ट्राभल कम्पनीहरू सामेल हुनेछन्। भक्तपुरको रानीकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्ट पनि यो अवार्ड का लागि छनोटमा परेको हो।
ट्राभल अवार्डको यो कार्यक्रममा भिलेज हाइल्याण्ड रिसोर्टमा पर्नु गौरवको कुरा भएको सञ्चालक राम सुन्दर बकेले बताए। उनले उक्त अवार्डमा आफ्नो रिसोर्टलाई जिताउनको लागि आग्रहसमेत गरेका छन्। भिलेज हाइल्याण्ड रिसोर्टलाई भोट गर्नका लागि यसमा क्लिक गर्न सक्नुहुनेछ।
भिलेज हाइल्याण्ड रिसोर्ट स्थानीय स्तरमा रहेर पनि पर्यटन प्रवर्द्धनको काम गर्दै आएको छ। यस रिसोर्टमा शान्त, पारिवारिक वातावरण पाउनका साथै यहाँबाट देखिने मनोरम दृश्यले जो कोहीको मन लोभ्याउने गर्दछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment