शताब्दीऔं देखि कला र सांस्कृतिक सम्पदाले सिँगारिएको ‘पाटन दरबार’

डिसी नेपाल
२ जेठ २०८० १६:२१

ललितपुर। पाटन पुगेकाहरुले घुम्नै पर्ने स्थान हो कृष्ण मन्दिर। पाटन दरबार क्षेत्रमा रहेको यो मन्दिर एतिहासिक धरोहरको रुपमा लिन सकिन्छ । शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिने यो मन्दिर सत्रौँ सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गरेका हुन्। ढुंगैढुंगाले बनेको यो मन्दिर क्षेत्रमा घुमघाम गर्न र नेपालको पर्यटकिय केन्द्रको रुपमा लिन सकिन्छ।

पाटन दरबार क्षेत्र शताब्दीऔं देखि कला र सांस्कृतिक सम्पदाले सिँगारिएको छ। काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर पनि मानिन्छ। पाटन दरवार क्षेत्र भित्रको एक महत्वपूर्ण कुार पाटनको कृष्ण मन्दिर पनि हो ।

कृष्ण मन्दिरमा रहेको २१ वटा गजुरको पनि छुट्टै अर्थ छ । हवन गर्दा २१ वटा कलश स्थापना गर्नु उपयुक्त मान्ने गरिन्छ भने गजुरले कुनै पनि काम फत्ते भएको अर्थलाई जनाउँछ । यहाँ एउटै मन्दिरमा शिव र कृष्णको पुजा गर्ने गरिन्छ । यसरी एकै मन्दिरमा भगवान शिव र कृष्णको मूर्ति राख्नुको रोचक कथन भएको यहाँका पुजारी बताउँछन्।

उनका अनुसार १७ औं शताब्दीको अन्तिमतिर अहिले कृष्ण मन्दिर रहेको ठाउँमा झाडी थियो । शिवालय बनाउन भनेर तयार पारिएको जग्गामा शिवालय बनिसकेको थिएन । त्यही बेलामा राजा सिद्धिनरसिंहलाई त्यो झाडी फाँडेर श्रीकृष्णको मन्दिर बनाउन कसैले सपनामा सुझाव दिए ।

सपनामा भने जस्तै झाडी फाँड्ने क्रममा त्यहीँ श्रीकृष्णको मूर्ति भेटिएको भन्ने किंवदन्ती छ । कृष्णको मूर्ति भेटिएको ठाउँ र शिवालयको लागि जग्गा छुट्याएको ठाउँ भएकोले सिद्धिनरसिंहले शिव र कृष्णको समेत मूर्ति राखेर पूजा गराउन थाले ।

नेपालका आन्तरिक पर्यटकहरुका साथै विदेशी पर्यटकहरु यो स्थानमा पुग्न रुचाउँछन्। साँझको समयमा त यहाँ पुग्ने जो कोहीको मन पाटन दरबारको सुन्दर दृश्यहरुले लोभ्याउने गर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *