सत्ता समिकरणको संकेत

डिसी नेपाल
८ जेठ २०८० १०:३९

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरण चर्किदै गएपछि नेपाली राजनीतिमा फरक दष्यहरु देखा परेका छन्।

खासगरी पूर्व माओवादी खेमा नेता एमालेमा क्रियाशील रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पष्कमल दाहाल प्रचण्डबीच लगातार भेटघाट हुन थालेपछि फरक दृष्य देखा पर्न थाल्यो।

त्यतिमात्र होइन नेपाली कांग्रेसका प्रभावशाली नेताहरु पूर्वगृहमन्त्री बालकृष्ण खाँण, आङटावा शेर्पा र नेपाल सरकारकै सचिव पक्राउ परेपछि भने यसमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि मिसिए।

जसल गर्दा एकअर्कालाई देख्दा पूर्वू पश्चिम फर्किने नेताहरु सातामा चार पटक भेटघाट गर्न थालेपछि ठगी प्रकरणमा जोडिएका नेताहरुलाई जोगाउन लागिपरेका हुन् कि भन्ने आशंका जन्मायो ।

हुनत यहीबीचमा नेताहरुले संसदीय समितिको गठन र प्रधानन्यायाधीशको नियुक्तिको विषयलाई टुंग्याएका छन्। यी दुवै प्रक्रियामा भने वर्तमान गठबन्धन सरकार निर्माण गर्ने नेकपा एकीकृत समाजवादी बाहिर देखियो।

‘ती दलका नेताहरुले आफ्नो भेटघाटलाई निरन्तरता दिएका छन्, यसमा संसदीय समिति गठन र प्रधानन्यायाधीश नियुक्तिको विषयमा मात्र होइन भन्ने आशंका हामीलाई मात्र लागेको होइन जनतालाई पनि लागेको छ’, नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रकरणको पटाक्षेप भएपछि नेकपा एसका नेताहरुले प्रधानमन्त्री र कांग्रेस सभापतिसँग भेटघाट गरेका छैनन्।

नेकपा एसका अध्यक्ष माधव नेपाल कर्णाली प्रदेशको राजधानी खुर्खेत पुगेका बेला त्यहीँबाट भेटघाटको अनौपचारिक आलोचना गरेका थिए। पार्टीको संगठन तथा सुदृढीकरण कार्यक्रमका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले सत्ता गठबन्धनप्रति तीतो पोखेका थिए।

त्यतिबेलाको सन्दर्भ कर्णाली प्रदेशसँग जोडिएको थियो । अर्थात् कर्णाली प्रदेशमा सत्ता गठबन्धनका दल कांग्रेस र माओवादी केन्द्रले एकीकृत समाजवादीलाई बाइपास गरेको भन्दै त्यसमा सरकारको हालत पतला हुने चेतावनी दिएका थिए।

एकीकृत समाजवादीबाट कर्णाली प्रदेश सभामा एक जना कल्याणी खड्का सांसद छिन्। प्रत्यक्षतर्फ एउटा पनि सिट हात पार्न नसकेको एकीकृत समाजवादीले समानुपातिकमा एक सिट पाएको थियो।

त्यसलै यो प्रदेशमा एकीकृत समाजवादी सत्ता गठबन्धनको हिस्सेदार दल भएको थियो। कांग्रेस र माओवादी मिल्दे वित्तिकै बहुमत पुग्ने भएकाले प्रदेश सरकारमा एसलाई बाइपास गरेर सरकार गठन गर्नु र केन्द्रमा कांग्रेस सभापति, एमाले अध्यक्ष र प्रधानमन्त्री प्रचण्ड मात्रै भेट्नुले एसका अध्यक्षलाई आलोचना गर्ने ठाउँ दिइएको स्पष्ट हुन्थ्यो।

उनले त्यही क्रममा अर्को दिन सत्ता गठबन्धनमै संकट आउने बताएका थिए। ‘सत्ता गठबन्धन टिकाउन भन्दा पनि बाइपास गर्न खोजिएको छ। यसो गरिए गठबन्धन धरापमा पर्छ,’ उनले आफूहरु तीन नेताको बैठकमा सहभागी हुन नपाएको तीतो पोखेका थिए। जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *