मलेसियामा कमाएको धन छिमेकीले खाइदिएपछि….

डिसी नेपाल
१४ जेठ २०८० ८:४२

सप्तरी। आर्थिक अवस्था कमजोर थियो । ओल्लोपल्लो घरकाले विदेश गएर राम्रै गरेको सुनेका थिए । सप्तरीको विष्णुपुर गाउँपालिका–१ का अशोककुमार यादव र उनका दाजु सुरेन्द्र यादवले पनि सोचे ‘विदेश जान पाए घर उज्यालो बनाउन सकिन्थ्यो ।’

वृद्ध आमा बुबा, श्रीमती र कलिला छोरा छोरीलाई छाडेर मलेसिया लागे दुई दाजुभाइ । फुसको घर हटाएर पक्की घर बनाउने, परिवारलाई मिठो खुवाउने, वृद्ध बुबाआमाको उपचार गराउने, छोराछोरीलाई राम्रो शिक्षा दिलाउने योजना थियो । ८ वर्ष अघि मलेसिया गएका यादव दाजुभाइले राम्रै गरे ।

दिनको ८ घण्टा मिहिनेत गरेर कमाएकौ पैसा नियमित घर पठाए । बा, आमा र छोरा छोरी श्रीमती पनि खुसी थिए । भान्समा मिठो पाक्न थालेको थियो । शरीरले नयाँ लुगा पाएको थियो । छोरा छोरी गतिलो स्कुल जान थालेका थिए । त्यति मात्रै हैन दुई दाजुभाइकै कमाइबाट घरमा हुनेले ३५ लाख रुपैयाँ वचत गर्न पनि भ्याएका थिए ।

२०७८ साल वैशाखमा अशोक घर फर्किए । दाजु सुरेन्द्र अहिले पनि मलेसियामै छन् । यादव दाजुभाइको घरमा सबै थोक ठीकै चलिरहेको थियो । तर, छिमेकी गाउँकै एक फर्निचर उद्योग सञ्चालक सम्पर्कमा आए ।

छिन्नमस्ता गाउँपालिका–७ बस्ने फर्निचर उद्योग सञ्चालक गजेन्द्र मण्डल र उनकी पत्नी सरस्वती अशोकको सम्पर्कमा आए । फुलबारीमा रहेको उनको ४ वटा रुखहरू किन्ने क्रममा सम्बन्ध गाढा भयो । नयाँ घर बनाउने तयारीमा रहेका अशोकको योजना’bout थाहा पाएपछि मण्डल दम्पतीले बालुवा, गिट्टी, सिमेन्ट, फलामे डन्डीलगायतका निर्माण सामग्री उपलब्ध गराइदिने आश्वासन दिए ।

अशोकले निर्माण सामग्री पाइने मोहमा पटक÷पटक गरेर ३१ लाख रुपैयाँ पेस्की दिए । तर, मण्डल दम्पत्तिले समान दिएनन् । पटक पटकको छलफलमा पनि मण्डल दम्पत्तिले रकम फिर्ता नगरेपछि अहिले अशोक रकम असुल्न प्रहरी हँुदै न्यायलयको शरणमा पुगेका छन् ।

पैसा फिर्ता गर्ने विषयमा वडा अध्यक्ष अच्छेलाल यादवको उपस्थितिमा ३ पटक पञ्चायती पनि बस्यो । तीनैपटक बसेको पञ्चायतीमा छलफल हुँदा १ महिनाभित्रै निर्माण सामग्री र नभए रकम नै फिर्ता गरिदिने कागजसमेत गरिदिएका गजेन्द्रले आजसम्म रकम फिर्ता दिएनन । समाजिक दबाब बढ्दै गएपछि गजेन्द्रले २०७९ असार १२ गते श्रीमतीको नाममा बैंक अफ काठमाडांै लिमिटेडमा रहेको ३१ लाखको चेक अशोकलाई दिए । तर, खातामा रकम नभएका कारण ३ पटक चेक वाउन्स भयो ।

खातामा पैसा नभएको जानी जानी चेक काटेर दिँदा र ३ पटक चेक बाउन्स भएपछि उनी चेक काट्ने र ठगी गर्ने व्यक्तिविरुद्ध कारबाहीको माग गर्दै पटक पटक प्रहरीमा पुगे तर, अझै न्याय पाउन सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय उजुरी शाखाका प्रहरी नायव निरीक्षक रामबालक ठाकुरले ७ वैशाख २०८० सालमा इलाका प्रहरी कार्यालय छिन्नमस्ता सखडालाई गजेन्द्रलाई उपस्थित गराउन निर्देशन दिएपनि उनी फेला नपरेको र खोजतलास भइरहेको बताएका छन् ।

अशोक गजेन्द्र गाउँमै घुमिरहेको दाबी गर्दै भने ‘प्रहरीले सक्रियता नदेखाउँदा हाम्रो परिवारको बिचल्ली भएको छ ।’ प्रहरीमा पुग्दा समेत न्याय न पाएको बताएका उनी शुक्रबार न्याय खोज्दै अदालतको शरणमा पुगेका छन् । सप्तरी जिल्ला अदालतमा उनले दायर गरेको फिराद पत्रमा निर्माण सामग्री उपलब्ध गराइदिने भनी प्रलोभन देखाइ ठगी गर्ने गजेन्द्रमाथि कारबाही र आपूmलाई न्याय दिलाइदिन अनुरोध गरेका छन् ।

खातामा पैसा न भएको जानी जानी ठगी र दुःख दिने नियतले दिएको चेकपटक पटक वाउन्स भएकाले गजेन्द्र माथी चेक अनादरको मुद्दा चलाउनसमेत फिरादपत्रमार्फत आग्रह गरिएको छ । गजेन्द्रले अशोकसित लेनदेनको कुरा मिली सकेको र अब ९५ हजार मात्र तिर्न बाँकि रहेको दाबी गरेका छन् । ‘सबै कुरा मिलिसक्यो, फेरि अदालत किन गए ? बुझिनसक्नु छ,’ उनले भने । अशोकले भने पुरै ३१ लाख बाँकी नै रहेको र कुनै सहमति नभएको बताएका छन् । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *