सेभियाले उचाल्यो युरोपा लिगको उपाधि

डिसी नेपाल
१८ जेठ २०८० ६:४०

काठमाडौं। स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी चुमेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधि हासिल गरेको हो।

बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो।

ट्राइबेकरमा बाजी मार्दै सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो। यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो।

सो खेलको ३५औं मिनेटमा पाउलो डिबालाको गोल गरेपछि रोमाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि कतैवाट गोल हुन नसके पछि पहिलो हाफमा खेल १-० अन्तरमा रहन पुग्यो।

उता, दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १-१ को अवस्थामा आयो। तर, इन्जुरी समयमा थप गरिएको समयमा दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा जान बाध्य भयो।

निकै प्रतिस्पर्धात्मक रहेको खेल निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा रोकिए पछि टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलसहित सबै खेलाडी गाेल गर्न सफल भए भने सो ट्राइबेकरमा रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियालाई लिग च्याम्पियन बन्ने अवसर खुल्यो।

यससँगै सेभिया युरोपा लिगमा सातौं पटक च्याम्पियन बनेको हो। सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *