मुगुका ज्येष्ठ नागरिकले अस्पतालमा पाएनन् छुट

डिसी नेपाल
१८ जेठ २०८० १२:५७

मुगु। ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ। २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसंख्याको १०.२१ प्रतिशत छन्। सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ। तर, मुगुका ज्येष्ठ नागरिकले त्यो सेवा पाएका छैनन्।

छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका ७२ वर्षीया देवीदास रावल श्रीमतीलाई पेट सुनिने समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पताल ठिनिमा पुगे। सरकारले ज्येष्ठ नागरिकलाई दिने उपचारमा छुटकाे सुविधा नपाएको गुनासो गरे।

निःशुल्क उपचारको अपेक्षा गरेका मुगुका ज्येष्ठ नागरिक अस्पतालमा पुगेपछि कुनै पनि सेवा निःशुल्क नपाएको बताएका छन्। आर्थिक अवस्था न्यून भएका मुगुका नागरिकलाई सधैँ रोग र भोगले पिरोलि रहने गरेको छ। ‘श्रीमानको उपचार गर्दै गर्दा हजारौं रुपैयाँ सकियो। उपचार पनि भएको छैन। श्रीमान अब भगवानको भरोसा मात्र भएका छन्,’ छायाँनाथ रारा नगरपालिका वडा नं ४ का धर्मदेवी भामको भनाइ छ।

उनी मात्र होइन नि:शुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने ज्येष्ठ नागरिकहरु उपचारका लागि शुल्क तिर्न बाध्य छन्। सरकारले ज्येष्ठ नागरिक र अति विपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि जिल्ला अस्पताल मुगुले भने सरल सेवामा अंकुश लगाएको  स्थानीयको भनाइ छ।

विभिन्न कागजात मागेर झन्झट दिने र उपचार सेवाबाट बन्चित गराइएकाे ज्येष्ठ नागरिककाे गुनासाे छ। जिल्ला अस्पताल मुगुमा ज्येष्ठ नागरिक र लक्षित वर्गलाई दुई प्रकारको बजेट आएको छ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुःल्क गर्ने र ६० वर्ष देखि ६९ वर्षका नागरिक लाई परिचय पत्रको आधारमा ५० , ७० वर्ष देखि ७९ वर्षलाई ७५ प्रतिशत र ८० वर्ष वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई शत प्रतिशत उपचार दिएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख कमल ढुंगानाले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *