दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी

डिसी नेपाल
२१ जेठ २०८० १८:५५

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ।

आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा बैदेशीक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसावमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा बैदेशीक रोजगार खुला गर्ने योजनामा रहेको बताए।

विश्वबजारमा यसअघिका कुराहरु परिवर्तन भएको अवस्थामा नेपाल पनि परिवर्तित समय अनुसार चल्नुपर्ने उनले बताए। सचिव अर्यालले आजको इराकलाई पनि हेर्दै मागका आधारमा कामदार पठाउन सक्ने गरि गृह कार्य भइरहेको जानकारी दिए।

उनले माल्टा, क्रोयसिया लगायतका देशबाट हजारौंको संख्यामा दिनहु आउँदापनि नेपालको पहुँच नहुदा अर्को मुलुकबाट मात्रै कामदार जाने अवस्था आएकाले दुतावास भएको ठाउँमा दुतावासबाट प्रमाणीकरण र दुतावास नभएका स्थानका लागि बैदेशिक रोजगार बिभागको टिमबाट नै प्रमाणीकरण गर्ने व्यवस्था गर्न लागेको बताए।

औपचारिक माध्यमबाट वैदेशिक रोजगारबाट जान नसक्नेहरुले भिजिट भिसा, कन्सल्टेन्सी लगाएतको माध्यम प्रयोग गर्ने र यसका कारण ठगी र भविष्यमा हुनसक्ने जोखिम धेरै हुने भएकाले पनि औपचारिक रुपमा कामदार पठाउने गरि नै तयारी भइरहेको अर्यालले बताए।

पत्रकार सम्मेलनमा श्रम मन्त्री शरदसिंह भण्डारीले बदैशिक रोजगारीमा जानेहरुमाथि ठगी गर्ने क्रम नरोकिएकाले यस क्षेत्रलाई प्रभावकारी बनाउन टाक्स फोर्स नै गठन गरिएको बताए।

बैदेशिक रोजगारीमा पठाउने अन्य राष्ट्रको अध्ययन गरेर नेपालले पनि उचित नीति बनाउने उनको भनाइ छ। उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको दाबी गरे।

उनले तोकिएको मापदण्ड पालना नगर्ने वैदेशिक रोजगारदाता कम्पनीलाई कारबाहीको दायरामा ल्याइने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *