पूर्वी पहाडमा गएको बाढी पहिरो र विपत् व्यवस्थापनबारे सरकारसँग जवाफ माग
काठमाडौं। प्रतिनिधिसभा बैठकमा पूर्वी पहाडमा गएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराइएकाे छ।
बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन्। साथै सांसद योगेश भट्टराईले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोबाट भएको क्षतिबारे सदनलाई गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे । साथै सडकको अवस्थाबारे पनि भौतिक पूर्वाधारमन्त्रीबाट सदनलाई जानकारी हुनुपर्ने उनको माग छ।
सांसदद्वय दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
बाढीपहिरोबाट २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सांसख खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए। सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए। सांसदद्वय खड्का र भट्टराई बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए।







डिसी नेपाल







Facebook Comment