संसद बैठक १५ मिनेटका लागि स्थगित
काठमाडाैं। शहरी विकास मन्त्रालयको बजेटसम्बन्धी पुस्तिकामा प्रदेशको नामकरण नगरिएको भन्दै नेकपा एमालेले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
मंगलबार प्रतिनिधिसभा बैठकमा कायसूचीमा रहेको शहरी विकास मन्त्रालय अन्तर्गतको बिभिन्न शीर्षकमाथिको छलफल सुरु गर्ने क्रममा एमालेका सांसद सूर्य थापाले उक्त मन्त्रालयको बजेटसम्बन्धी पुस्तिकामा प्रदेशको नामकरण नगरिएको भन्दै छलफलको कार्यसूचीबाट हटाउन माग गरेका थिए।
थापाले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरुङले मन्त्रालयको बजेट पुस्तीकमा त्रुटि भएको भए सच्याइने बताएपनि एमालेका सांसदहरुले सच्चिएर आएपछि मात्रै छलफल गर्नुपर्ने अडान राखेका थिए।
त्यस क्रममा कांग्रेस मुख्य सचेतक रमेश लेखकले सभामुखले उक्त बिषयमा रुलिङ गरिसकेको अवस्थामा आपत्ति नजनाउन आग्रह गरेपनि एमाले सांसद रघुजी पन्तले यसअघि पर्यटन मन्त्रालयको बजेट पुस्तिकमा यस्तै प्रकारको त्रुटि हुँदा छलफलको कार्यसूचीबाट हटाएको भन्दै सभामुखले एकरुपता हुने गरि रुलिङ गर्नुपर्ने माग गरे।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगीत भएको जानकारी गराएका थिए।







डिसी नेपाल







Facebook Comment