सरकारले नेपाल चीन सिमानाको स्तम्भ पुनःस्थापनाका लागि टोली गठन गर्ने
काठमाडौं । सरकारले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिन्ह पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मोस्थीत सीमा चिन्ह स्तम्भ ५३ (१)लाई यथास्थानमा संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुननिर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय भएको उनले बताइन् ।
बैठकमा पूर्वी क्षेत्रमा बाढि र पहिरोपछि वेपताको खोजी, राहत र पुनस्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment