सुदूरपश्चिम प्रदेशमा बुधबार शोक बिदा
सुदूरपश्चिम। सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ।
मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्री प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटना स्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा मृत्यु भएका मन्त्री सिंहको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
आकस्मिक रूपमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित ३ जनाको मृत्यु भएको हो।








डिसी नेपाल







Facebook Comment