नेपाललाई दोस्रो सफलता, विस्फोटक ब्याटर जोनसोन चार्ल्स आउट

डिसी नेपाल
७ असार २०८० १३:१०
1.5k
Shares

काठमाडौं। आइसीसी विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज वेष्ट इण्डिजको सामना गर्दैछ। जिम्बाब्वेको हरारेमा पहिला ब्याटिङ वेष्ट इण्डिजले पाचौँ ओभरमा दुई विकेट गुमाएको छ।

वेष्ट इण्डिजका विस्फोटक ब्याटर जोनसोन चार्ल्स शून्य रनमा आउट भएका छन्। ६ बल खेलेका उनी गुल्शन झाको पहिलो बलमै आउट भए। उनी विकेट किपर आसिफ शेखको हातबाट क्याच भए। उनले अमेरिकाविरुद्धको पहिलो खेलमा अर्धसतक प्रहार गरेका थिए।

पहिलो विकेटको रुपमा दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजका काइल मेयर्स आउट भए। उनी करण केसीको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका हुन्। उनले ४ बल खेलेर १ रन बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *