नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट
काठमाडौं। जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजको तेस्रो विकेट लिएको छ।
जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा भइरहेको खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। १५.३ ओभरमा नेपाललाई तेस्रो सफला दिँदै लामिछानेले विकेट लिएका हुन्।
यसअघि करण केसीले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका थिए भने ४.१ ओभरमा गुल्सन झाले दोस्रो विकेट लिएका हुन्।
यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले १५.३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५५ रन जोडेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment