बुटवल उपमहानगरको नीति तथा कार्यक्रममा के छ प्राथमिकता ?

डिसी नेपाल
७ असार २०८० १७:१५
44
Shares

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०(८१ को नीति तथा कार्यक्रम ल्याएको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले बिहीबार नीति तथा कार्यक्रम पेस गरेका हुन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखिएको छ । ३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरूलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलका रूपमा विकसित गर्ने र रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम् उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अबलम्बन गरिने प्रमुख पाण्डेयले बताए ।

शिक्षा क्षेत्रमा सुधार ल्याउन नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युटमा डिप्लोमा तहका इन्जिनियरिङ विषय र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन सुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *