साफ च्याम्पियनः नेपाल र भारत बीच प्रतिस्पर्धा हुँदै

डिसी नेपाल
९ असार २०८० ७:२७
2.0k
Shares

काठमाडौं। नेपाल फुटबल टिम र भारतबीच आज प्रतिस्पर्धा हुँदैछ। आज १४ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो।

दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेबाट सुरु हुनेछ। पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग पराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो। पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए।

सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन्। आजसम्म दुवै देश बिच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ।

बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *