नाथमका कार्यकारी निर्देशक नारद लुईंटेलले थाले कामकाज

डिसी नेपाल
११ असार २०८० १९:२८
236
Shares

काठमाडौं। नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का कार्यकारी निर्देशकमा पुनः नारद कुमार लुईंटेलले आजबाट कामकाज थालेका छन्।

सर्वोच्च अदालतले उनीविरुद्धको रिटमा अन्तरिम आदेश खारेज सँगै लुईंटेल आजबाट काममा फर्कीएका हुन्।

न्यायाधीश आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको इजासले ११ असारमा यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो।

२४ जेठमा कार्यकारी निर्देशकको भूमिकामा रहेका उपसचिव राजेश उप्रेतीलाई फिर्ता गरेर तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नारदकुमार लुइँटेललाई नियुक्त गरेका थिए।

उप्रेतीले अदालतमा रिट दर्ता गरी मन्त्रीस्तरीय निर्णयविरुद्ध अन्तरिम आदेश ल्याएका थिए। उक्त अन्तरिम आदेश खारेजीसँगै लुईंटेल आजबाट काममा फर्कीएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *