थाइल्यान्डविरुद्ध नेपालको सानदार जित

डिसी नेपाल
१३ असार २०८० १२:०६
2.2k
Shares

काठमाडौं। एसीसी यु १६ मेन्स इस्टर्न रिजन कप-२०२३ को आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २५५ रनले पराजित गरेको छ।

नेपालले दिएको २ सय ७० रनको विशाल लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रन बनाउँदा अलआउट भयो।

मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो। थाइल्यान्डका लागि इशान बनर्जीले १६ र दानुफोन फुयानग्योपिनितले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया र थाइल्यन्ड छन्। त्यस्तै समूह ‘बी’ मा हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *