बिहीबारदेखि सरकारी अस्पतालमा दुई हजार २८ बेड निःशुल्क हुने

डिसी नेपाल
१३ असार २०८० १७:३०
384
Shares

काठमाडौं । बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ बेड निःशुल्क हुने भएको छ ।

काठमाडौं उपत्यकाका ६ वटा अस्पताल र कोशी अस्पतालका एक अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि दुई हजार २८ बेड निःशुल्क हुने भएको हो ।

स्वास्थ्य मोहनबहादुर बस्नेतले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सहिद गंगालाल अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताल, कोसी अस्पतालका केहि बेडहरुमा उपचार निशुल्क हुने जानकारी दिए । उनले तत्कालका लागि स्थानीय सरकारको सिफारिसमा निशुल्क उपचार हुने र स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गर्ने जिकिर गरे ।

उनले अन्य अस्पतालमा पनि निशुल्क उपचारका लागि पहल भइरहेको बताए । मन्त्री बस्नेतले निशुल्क उपचारकालागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको बताए

उनले केहि समयपछि देशभरीका संघीय अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारको व्यवस्था गर्ने जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *