अध्यात्म

ध्यान र परमात्माको मिलन

शंकरप्रसाद रिजाल
१६ असार २०८० ६:१८

शून्य वा ध्यानको संसारमा रमाउने ध्यानीहरु शून्यताका पुजारी नै हुन्छन्। जब रातले दिनलाई ढाकी अन्धकारको सृजना हुन्छ, तब ध्यानीहरु शून्यतामा जुरुक्क उठ्दछन् र ध्यान गर्न थाल्दछन्।

किनकि शून्यताको संसारमा नयाँ नया कल्पना र श्रीष्टि हुन्छन् र नयाँ नयाँ बिचारहरु प्रस्फुटित हुन्छन्। अनि विचारहरुको खुला आकासमा यदाकदा परमेश्वरको दर्शन पनि हुन्छ। त्यसैले त ध्यानीहरु ध्यान गर्न रूचाउँदछन्।

ध्यान एक सत्ता हो जहाँ आफ्नो शासन चल्दछ। जुन लोकमा आफ्नो सत्ता र शासन चल्दछ, त्यहाँ हामी आफूलाई सम्राट सरह पाउँछौं। तसर्थ शून्य वा अँध्यारो एक महत्वपूर्ण समय हो जहाँ प्रकृतिले हरेक ध्यानीहरुलाई सत्ताराजको अवसर प्रदान गर्दछ।

त्यस समय ध्यानको धारालाई शरीरमा प्रविष्ट गराई शरीरलाई पूर्णत बिश्राम दिइ आफूलाई अन्तरिक्षमा उडाई आफ्नो शरीरलाई अशरीर बनाइ सारा संसारभर श्रीष्टिमा लागेको अनुभूति हुनुलाई ध्यान भनिन्छ। सारा मानवको श्रीजना श्रीष्टिको लहर पनि त आखिर यही समयमा हुने हो।

ध्यानको माध्यमबाट अर्न्तयात्रा गरेपछिमात्र अन्तरिक्षमा पुगिन्छ र आत्मासँग मिलन हुन्छ। यही आत्मासँगको मिलन नै परमात्मासँगको भेटको झण्डै अनुभूति गर्न सकिन्छ।

ध्यान एक प्रथम खुटकिलोमा आफ्नो आत्माको मुख हेर्ने ऐना हो जसबाट प्रत्येक मानिसले आफ्नो वास्तविकता थाहा पाउँदछन् र जीवनको रहस्य बुझ्दछन्। ध्यानमा अनेक कुराहरुको श्रीष्टि हुन्छ।

किनकि त्यहाँ मौनताको सारा आकासले संसारलाई चुमिरहेको हुन्छ, जुन शक्तिको मुहान हो। अर्को मौनतामा ध्यानको लहरले आफ्नो नयाँ सत्ता जन्माउँदछ, जसबाट सत्ता लोकको मार्ग प्रशस्त हुँदै जान्छ।

साधारण मानिस वा ध्यानी पुरुष होस् सबै केही न केही खोजमै लागेका हुन्छन्। आफूसँग भएको चीज बस्तुहरुको खोज होइन कि नभएको चिजप्रतिको खोज हुने हो। आफूसँग नभएको चिजप्रतिको खोजलाई नै वास्तवमा “खोज” भनिन्छ।

यो सिर्फ ध्यान, एकान्त र शून्यतामा मात्र सम्भव हुन्छ। बाहिरी संसारको रुवाहट, कोलाहल, भिड र भागदौडबाट हामीले पाउने हर चिज क्षणभंगुर नै हो। जुन एक न एक दिन नष्ट हुन्छ र अन्त्य हुन्छ वा बस्तुको स्वरूप परिबर्तन हुन्छ।

तर ध्यान र एकान्तबाट अन्तर चेतनाको खोज र प्राप्ति हुने कुनै पनि चिज स्मरणीय हुन्छ। जसको अनुभव र अद्वतीय हुन्छ। यसलाई मानिसले बाहिरी चिन्तनबाट र नजरबाट देख्न र बुझ्न असम्भव छ।

ध्यानको माध्यमबाट अर्न्तयात्रा गरेपछिमात्र अन्तरिक्षमा पुगिन्छ र आत्मासँग मिलन हुन्छ। यही आत्मासँगको मिलन नै परमात्मासँगको भेटको झण्डै अनुभूति गर्न सकिन्छ।

वास्तवमा भन्ने हो भने यो शरीर र आत्माको दूरी धेरै टाढा छैन। बत्ती र बत्तीमुनिको अँध्यारोको सेरोफेरो वा दियो र दियो मुनिको अँध्यारोको क्षेत्र जति नै हो। यस्तो नजिकको दूरीमा हुँदा पनि यो शरीरले आत्माको आभाष पाउन बाहिरी संसारबाट जीवन भर पनि सकिन्न।

शरीरबाट हुने रोग, ब्याध, रुनु, कराउनु, हाँसखेल जस्ता कुराहरु एकदिनको आनन्द सब क्षणभर मात्र हो। यो बिषय बिशेष भोघहरुमा नै भुलेर हामी एकदिन समाप्त हुन्छौं। यत्ति हुँदा पनि यसरी चित्तसित टाँसिएर रहेको आत्माले यसको महशुश गर्दैन। न सुख, न दुःख, न पीर न ताप।

आत्मा यी सब कुराहरुको मोह जालमा नफसी सधैं चित्ताकासमा आनन्दमय र अभय भइबसेको हुन्छ। यसले आनन्दको अनुभव केवल ध्यानबाट मात्र प्राप्त हुन्छ।

ध्यानबाट बुद्धत्व ज्ञान प्राप्त गर्न शरीर भित्रका काम, क्रोध, लोभ, मोह र मात्सर्यलाई जितेर शरीर भित्रको अन्तर चेतन संसारको उज्यालोमा जबसम्म पुग्दैनौं, तबसम्म त्यो अमरज्योति र ज्ञान खुल्न सक्तैन।

तसर्थ चित्ताकास निर्मल स्फटिक भै ज्ञानको ज्योतिको पखेटा फिजाउँने हो भने गणितलाई तलबाट माथि हैन माथिबाट तल गणना गर्दै झर्दै एक अंकपछि शून्यमा झर्ने हो, जहाँ सबै कुरा एक चोटी प्रवेश भैसकेपछि फेरि कहिल्यै पनि फर्केर आउँदैन।

परमात्माको मिलन पनि यही हो। त्यसै कारणले त माहाकबि देबकोटा जीवनको अन्त्यमा दोहोर्‍याई दोहोर्‍याई भन्छन्-‘म शून्यमा शुन्य सरि बिलाएँ’।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *