काठमाडौंका प्रजिअ उपाध्याय सचिवमा बढुवा

डिसी नेपाल
१९ असार २०८० १९:४१
904
Shares

काठमाडौं । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बैकुण्ठ अर्याल मुख्य सचिव भएपछि रिक्त रहेको सचिवमा उपाध्याय बढुवा भएका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले सहसचिव उपाध्ययालाई सचिवमा नियुक्त गरेको हो । रिक्त एक सचिव पदका लागि लक्ष्मीकुमारी बस्नेत, दिनेशकुमार घिमिरे र घनश्याम उपाध्यय सिफारिस भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *