महोत्तरीमा गोली चल्याे, एक जना गम्भीर घाइते
महोत्तरी। महोत्तरीको रामगोपालपुर नगरपालिकाको बसबिट्टीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।
रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टिका ३८ वर्षीय कौशल मण्डलको गोलीबाट सोही स्थानका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन्। मण्डलले तीन राउन्ड प्रहार गरेको गोलीले यादवलाई दुई राउन्ड लागेको छ। एक राउन्ड चिउँडोमा र अर्को राउण्ड गोली दाहिने कुममाथि लागेको छ।
यादवलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सामा लगिएपनि उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयरमा पठाइएको इलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले जानकारी दिए।
गोली प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका तीन थानसहित प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment