एक जनाको मृत्युले खुल्छ आठ जनाको जीवनको ढोका

डिसी नेपाल
२१ असार २०८० ६:४२

चुरे, मकवानपुर । मानव जीवनको अन्त्यपछि परम्पराअनुसार जलाइन्छ वा जमिनमा गाडिन्छ । यसरी जीवनको अन्त्यसँगै जोडिएका हुन्छन् अन्य आठ जनाको जीवन बचाउन सकिने सम्भावना । जीवन दानलाई महादान मानिन्छ, आफ्नो जीवनको अन्त्य हुँदै गर्दा अन्य आठ जनालाई बचाउन सक्ने विकल्प मानिससँग हुन्छ तर यस्तो कुरा हेक्का गरिन्न ।

स्वास्थ्य विज्ञका अनुसार मस्तिष्क मृत्यु भएका व्यक्तिको अन्य अंग दान गरेर अरूआठ जनाको जीवन बचाउन सकिन्छ । नेपालमा वार्षिक १ हजार जनाको ब्रेनडेथ हुने गरेको अनुमानित तथ्यांक रहेको राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रका नेफ्रोलोजिस्ट डा. सुरेश महर्जनका अनुसार नेपालमा ब्रेन डेथ भएका व्यक्तिको अंग प्रयोग गर्न सके हजारौंलाई पुनर्जीवन दिन सकिन्छ ।

वार्षिक आठ हजार जना मिर्गाैला र कलेजो प्रत्यारोपण गर्न सकिने अवस्था रहेको श्रेष्ठको भनाइ छ । तर, जनचेतनाको कमीका कारण खेर जाने आठ हजार अंगको उपयोग गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार हालसम्म नेपालमा जम्मा पाँच जना ब्रेनडेथ भएका व्यक्तिको अंग उपयोग भएको छ । अंगदान’bout नबुझेकै कारण ब्रेनडेथ भएका व्यक्तिको अंगदानको सवाल निकै जटिल र चुनौतीपूर्ण बनेको स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म केन्द्रमा १ हजार ७८ जनाको मिर्गाैैला प्रत्यारोपण भएको र सबै प्रत्यारोपण शतप्रतिशत सफल भएको डा. श्रेष्ठले बताए । सरकारले मिर्गाैैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निःशुल्क दिँदै आएको छ ।

बिरामीको जीवन गुणस्तर अतिउच्च राख्न डाइलाइसिसभन्दा प्रत्यारोपणनै उत्तम विकल्प रहेको भए पनि अंग अभावमा यसो हुन सकिरहेको छैन । प्रत्यारोपणलाई बढावा दिन अंगदान अभियानमा सबैको भूमिका महत्वपूर्ण रहेको श्रेष्ठ बताउँछन् ।

सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तारका लागि जनशक्ति, पूर्वाधार, उपकरण विकासको काममा केन्द्र लागिरहेको उनले बताए । यसैगरी, केन्द्रका नेफ्रोलोजिस्ट डा. सुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट हुने गरेको बताए । जीवित व्यक्तिको शरीरबाट अंग झिकेर प्रत्यारोपण गर्नुभन्दा मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण गर्दा जोखिम कम हुने भएकाले पनि मस्तिष्क मृत्यु भएकाको अंग उपयोग भएको छैन ।

ब्रेन डेथ भएका व्यक्तिको अंग अर्काे जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा स्वास्थ्यकर्मीलाई समेत थाहा नभएको अवस्था रहेको उनले बताए ।

नेपालमा बर्सेनि ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको आठवटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भए पनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण मात्रै भइरहेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *