‘ओली चाहना सत्तारोहण कि संसद् विघटन ?’

डिसी नेपाल
२३ असार २०८० ८:२५
356
Shares

काठमाडौं। प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो।

सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लियो। एमाले सहमतिमा नआएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेन।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका सांसद प्रधानमन्त्री दाहालको अभिव्यक्ति विवादमा आएपछि उनलाई संसदमा आफ्ना भनाइ राख्न दिनुपर्ने पक्षमा उभिए।

यसमा सत्तासीन अन्य दलका सांसदले पनि समर्थन गरे। तर, एमालेले प्रधानमन्त्रीले स्पष्टीकरण दिए पनि सदन अवरुद्ध गर्ने बताएपछि सभामुख घिमिरेले सूचना जारी गरी आइतबार १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरे।

त्यस्तै, एमालेको अवरोधका कारण शुक्रबार बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भयो। राष्ट्रियसभामा शुक्रबार बजेटमाथिको छलफलअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो। राष्ट्रियसभा बैठक पनि आइतबारसम्मका लागि स्थगित भएको छ। नागरिक दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *