निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो (भिडियोसहित)

डिसी नेपाल
५ साउन २०८० १५:१९

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यसायीहरुको समस्यमा सरकार गम्भीर नभएको गुनासो गरेका छन्।

शुक्रबार काठमाडौंमा महासंघको राष्ट्रिय भेलामा सिंहले माईल स्टोनको व्यवस्था, भुक्तानीको समस्या तथा मूल्य समायोजन लगाएतका बिषयमा सरकार गम्भीर हुन नसकेको गुनासो गरेका हुन्।

उनले सरकारले एकतर्फी रुपमा लगाएको माइलस्टोन पुरा गर्न नसक्दा लक्ष्य पुरा गर्न नसकेको र भुक्तानी पनि हुन नसकेको जिकिर गरे।

माइलस्टोन अव्यवहारिक भएको बिषय प्रधानमन्त्री लगाएत सरोकारवाला सवैलाई जानकारी गराउदा पनि कुनै सम्बोधन नभएको उनको भनाइ छ । सिंहले मुल्यबृद्धिको समेत मारमा परेकाले निर्माण कार्यलाई सहज रुपमा अघि बढाउन कठिन भएको पनि बताए।

भेलामा सहभागी निर्माण व्यवसायीहरुले सम्पन्न भएका आयोजनाहरुको भुक्तानी समयमा नहुँदा समस्या उत्पन्न भएको धारणा राखेका थिए ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *