कक्रोज बने सवारीको ब्राण्ड एम्बेस्डर 

डिसी नेपाल
१६ साउन २०८० १२:०१
2.5k
Shares

काठमाडाैं। नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्राण्ड एम्बेस्डरको रुपमा हरिस निरौलाका कक्रोज नियुक्त भएका छन्। सोमबार काठमाण्डौँमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो।

हाल काठमाडाैं भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाएको भएता पनि सवारी एपले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसावले सञ्चालनमा ल्याएका हुन्। यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसंग अनलाइन सेवा लिन सकिनेछ।

कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भए पनि ती विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे।

सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे। आफू सवारीको प्रचार प्रसारको लागि सदैव जिम्मेवार रहने बताउदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पुर्ण सन्तुष्टी दिनेमा विश्वस्त रहेको बताए।

कार्यक्रमका विशेष अथिती दीपक आचार्य काकुले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहेका निर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ शेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए।

ती कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नाम समेत बनाउन विभिन्न कार्य गर्न सक्ने कुरा इंगित गर्दै त्यस प्रति चनाखो हुदै सुरिक्षत, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न शाहले सुझाव दिए।

नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए। कार्यक्रममा निर शाह, रवि गीरी, दीपक आचार्य काकु, हरिस निरौला कक्रोज लागयतका कालाकारहरुको उपस्थिती थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *