कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ८.६५ प्रतिशतल बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा यस बैंकको खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष २८ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५० करोड ३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।
यता, कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७ प्रतिशत छ । असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment