विषालु च्याउ खाँदा तुले सार्कीको मृत्यु
जाजरकोट। जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ ।
बिहीबार बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका ४ सार्की टोलका १८ वर्षीय तुले सार्कीको मृत्यु भएको हो। उनकी आमा अन्दाजी ५० वर्षीया डिल्ली सार्की सिकिस्त बिरामी भएको वडा अध्यक्ष विष्णु रावतले जानकारी दिए।
उनलाई बिहानै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा पठाइएको अध्यक्ष रावतले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment