प्रधानमन्त्रीद्वारा भारतको केदारनाथ पहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि

डिसी नेपाल
२० साउन २०८० २२:५६
96
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरामा परी मृत्यु भएका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् । “गौरीकुण्डमा पहिरामा परी १३ नेपाली नागरिकसहित १९ जना बेपत्ता भएको खबरले मर्माहत भएको छु । यस दुःखद् घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भने, “बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको जानकारी गराउँछु ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *