फुटबलका पूर्वप्रशिक्षक श्रेष्ठको निधन

डिसी नेपाल
२२ साउन २०८० १६:४६

वीरगञ्ज । फुटबलका पूर्वप्रशिक्षक हरिबहादुर श्रेष्ठको निधन भएको छ । मुटुको रोगबाट पीडित उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आज उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको हो ।

करिब दुई वर्षअघि मुटुको रोगको उपचार गराएका श्रेष्ठको स्वास्थ्यमा अचानक समस्या आएपछि उपचारका लागि नेशनल मेडिकल कलेज भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

विसं २००५ मा जन्मिएका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्सामा ४० वर्ष फुटबल प्रशिक्षकका रुपमा काम गरी सेवानिवृत भएका थिए । जिल्ला फुटबल सङ्घ पर्साले श्रेष्ठको निधनबाट फुटबलका साथै समग्र खेलकुदको क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *