माइक्रो र बस ठोक्किँदा १३ जना घाइते

डिसी नेपाल
२२ साउन २०८० २०:३३
908
Shares

वालिङ। स्याङ्जाको भिरकोट नगरपालिका–४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन्।

काठमाडौंबाट स्याङ्जाको वालिङतर्फ जाँदैगरेको बा३प १००३ नम्बरको माइक्रो बस र सुनौलीबाट पोखरा जाँदै गरेको भारतीय पर्यटक चढेको जीजे ०५ बीएक्स २३२३ नम्बरको बस सोमबार साँझ ६ बजे एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले बताए।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ। माइक्रो चालक गल्याङ नगरपालिकामा बस्ने ४० बर्षीय पूरन बोहोरा र परिचय नखुलेका माइक्रो सहचालकलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी स्याङजा वालिङ २ का पबित्रा सोनाम, वालिङ ९ का दुर्गा ब।गुरुङ, वडा नं. २ का मुना गुरुङ, वडा १३ का मन्जु एस्के, वडा ८ का सरिता रेग्मी, भिरकोट घर भई वालिङ १ बस्ने मनसुभा नेपाली, चापाकोट ३ का बेद ब. थापा, चापाकोट ४ का मिन ब. सारु, पर्बतको बिहादी गाउँपालिका ४ का रुकमागत भुसाल, बिहादी ६ का टेक बस्याल, वालिङ २ का सुमित्रा थापा मगर घाइते भएका छन्। सबैको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचार भइरहेको छ।

भारतीय बसमा सवार ४८ जना  सबै सकुशल रहेको प्रहरीको भनाइ छ। दुबै सवारी साधन र भारतीय बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *