रोल्पामा यात्रुबाहक बस दुर्घटना, ४ जनाको मृत्यु

डिसी नेपाल
२३ साउन २०८० १६:१५
116
Shares

रोल्पा । रोल्पामा यात्रुबाहक बस दुर्घटनामा परेको छ । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका–७ तिला रिचीमाा सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै रोल्पाकै यात्रु रहेका छन् । प्रहरीका अनुसार  परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्तबहादुर विक, माडी गाउँपालिका–२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका–४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगीको मृत्यु भएको हो ।

घाइतेहरुको उपचारका लागि दाङ पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *