कुटपिटमा संलग्न राष्ट्रिय युवा सङ्घका सात जना सदस्यसमेत नरहने गरी निष्कासित
काठमाडौं । राष्ट्रिय युवा सङ्घ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ।
आज प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन्।
जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरिएको एमालेले जनाएको छ।
बैठकले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ।
निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो। घाइते देवकोटाको काठमाडौंमा उपचार भइरहेको छ।
पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment