मदन भण्डारी इस्पोर्टले आयाेजना गरेकाे भलिवल प्रतियोगितामा पर्वत काल्काजी युवा क्लब प्रथम

सुवास बस्नेत
३२ साउन २०८० १३:५३

नयाँ दिल्ली। मदन भण्डारीको ७२ औं जन्मजयन्ती र ७७ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा अगस्ट १५- १६ मा मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाले “अन्तर प्रवासी नेपाली भलिवल प्रतियोगिता-२०२३” आयाेजना गरेकाे छ।

प्रतियोगितामा कुल बिस टिम सहभागी थिए। आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै पर्वत कल्काजी युवा क्लबले प्रथम स्थान हाँसिल गरेको छ। आयोजक मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डिया “ए” ले दोश्रो स्थान र रोहिणी युवा क्लबले तेश्रो स्थान हासिल गरेकाे छ भने प्रथम, दोश्रो र तेश्रो स्थान हासील गर्ने टिमलाई नगद, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रममा नेपाली राजदूतावास नयाँ दिल्लीका कल्चरल काउन्सलर यदुनाथ पौड्याल प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। त्यस्तै मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाका इन्चार्ज गोपाल थापा, साउथ एशियन विश्वविद्यालयका प्रोफेसर युवराज पोख्रेल, आरके पुरम, नयाँ दिल्ली एरियाका एसएचओ मनोज कुमार, निगम पार्षद धारमवीर सिंह, बिपीकेएफ स्थानीय सचिव केशव अधिकारी, हाम्रो स्वाभिमान ट्रस्ट हरिद्वारका मुख्य संयोजक डाक्टर मोहन कार्कीलगाएतकाे उपस्थिति थियो।

सेक्टर-७ आरके पुरम, नयाँ दिल्ली स्थित आयोजित प्रतियोगिता दुइ दिनसम्म चकेको थियो। मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाका उपाध्यक्ष पदम गाहको अध्यक्षता र कोषाध्यक्ष वीर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

मदन भण्डारी फाउण्डेशन अन्तर्गत सञ्चालित मदन भण्डारी इस्पोर्ट एकेडेमी नेपालले भारतमा वैधानिकता पाएसँगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आएको छ। खेलप्रति अभिरूची भएका तर खेल्ने वातावरणबाट बन्चित प्रवासी खेलप्रेमीलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनुका साथै सहज खेल वातावरणको सिर्जना गर्ने उद्देश्यले खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भण्डारी इस्पोर्ट एकेडेमी इन्डियाको स्थापना गरिएको बताउँछन् एकेडेमी अध्यक्ष कुल बहादुर सिंजाली।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *