एक महिनाभन्दा धेरै समयदेखि ट्रिनिडाड एण्ड टोबागोमा फसेका ३ नेपाली महिलाको उद्धार

डिसी नेपाल
७ भदौ २०८० १५:४३

काठमाडौं । एक महिनाभन्दा धेरै समयदेखि क्यारेबियन देश ट्रिनिडाड एण्ड टोबागोमा फसेका ३ नेपाली महिलाको उद्धार गरिएको छ । अमेरिकास्थित नेपाली दुदातासले क्यारेबियनमा फसेका सेरसाङ तामाङ, तीर्था लामा वाइवा र याङ्जेन शेर्पाको उद्धार गरेको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

तामाङ ट्रिनिडाड एण्ड टोबागोबाट अगष्ट २१ मा उडेर अगष्ट २३ मा काठमाडौं आइपुगेको दूतावासले जनाएको छ । उनीबाहेक अन्य २ महिला त्यहाँबाट आज बिहीबार प्रस्थान गरेर अगष्ट २६ शनिबार नेपाल आइपुग्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । उनीहरु नेपाल फर्किने क्रममा ट्रिनिडाड एण्ड टोबागोको पिएर्को अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उनीहरुको उडान रद्द भएपछि उनीहरु त्यहीँ फसेका थिए ।

दूतावासले यस विषयमा सहयोगको लागि ट्रिनिडाड एण्ड टोबागो सरकारलाई धन्यवाद दिएको छ । दूतावासले सोही देशमा बस्ने तेज बहादुर लामालाई पनि त्यहाँ फसेका नेपालीहरुको बारेमा दूतावाससँग सम्पर्क गरेर जानकारी दिएकोमा धन्यवाद दिएको छ । दूतावासले क्यारेबियन देशहरुमा यात्रा गर्ने नेपालीलाई आफ्नो भ्रमणको उद्देश्यसँग आफ्नो भिसा मिल्छ कि मिल्दैन भन्ने जाँच गर्न पनि आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *