तीन तहको सरकार सहज सञ्चालनका लागि कानून बनाउनुपर्छ: कांग्रेस नेता सिंह {भिडियो}

डिसी नेपाल
१० भदौ २०८० १२:४९

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीन तहको सरकारलाई सहज रुपमा सञ्चालन गर्नका लािग आवश्यक कानून बनाउनुपर्ने बताएका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित माल्यार्पण कार्यक्रममा नेता हिले संघले आवश्यक कानूनहरु निर्माण गरे स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाहीहरु अघि बढाउन सक्ने उल्लेख गरे।

उनले पछिल्लो सयम युवाहरु देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण मिलाउनुपर्ने बताए । उनले सरकार र सबै राजनीतिक दलहरुले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने बताए।

त्यस्तै उनले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडिकन सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्ने बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *