एसिया कप क्रिकेट : नेपालको उत्कृष्ट सुरुआत

डिसी नेपाल
१३ भदौ २०८० १६:३१

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको नेपालले पाकिस्तानविरुद्धको खेलमा उत्कष्ट सुरुवात गरेको छ ।

पाकिस्तानको मुल्तान रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले खेलको १४ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ । अहिले ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम र मोहमद रिजवान क्रिजमा रहेका छन् ।

खेलमा नेपालका लागि पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन् । करणले खेलको छैटौँ ओभरको तेस्रो बलमा फखारलाई १४ रनमा आउट गरे ।

त्यस्तैगरी नेपाललाई दोस्रो सफलता भने कप्तान रोहित पौडेलले दिलाए । उनले पाकिस्तानका इमाम उलहकलाई रन आउट गराएका हुन् । इमाम पाँच रन बनाएर पेभिलियन फर्किए ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलसहित, कुशल मल्ल, कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *